युवाद्वारा मोटरबाटो निर्माण:-
हेटौंडा, युवाको सक्रियतामा मनहरी बजारबाट सरिखेत जाने सिम्पानी-ज्यामिरे- सरिखेत ग्रामीण सडक निर्माण थालिएको छ । चुर्लिङ युवा व्यवस्थापन समितिले पलाँसेबाट मनहरीको सडकको निर्माण सुरु गरेका हुन् ।
यस्तै सिम्पानी-सरिखत ग्रामीण सडक उपभोक्ता समितिले पनि बाटो मर्मत र सरसफाइ गरिरहेको छ । महनरीबाट १४ किलोमिटर सडकमा यस वर्षबाट हलुका सवारी चलाउने तयारीमा सरिखेतका युवा सक्रिय भएका हुन् । गाविस सचिव सीताराम सुवेदीका अनुसार गाउँमा मोटर बाटो पुर्याउन सरिखेत-१ र ५ का ३ सय बालबालिकदेखि वृद्धवृद्धाले जनश्रमदान गरिरहेका छन् । उक्त सडकको निर्माणका लागि जिविस र गाविसले रकम उपलब्ध गराएका हुन् ।
...
responses to ( युवाद्वारा मोटरबाटो निर्माण )
There is nothing IMPOSSIBLE if you believe and take action for the matters...