Title: पाँचथरे हिरोइन

पाँचथरे हिरोइन:-

कान्तिपुर संवाद्‍दाता पाँचथर, २०६६ कार्तिक १५ -

फिदिम बजारमा सामुदायिक पुस्तकालयको समारोह चलिरहेका बेला कसैले भन्यो- 'ऊ त्यो कुनामा हाम्रो फेदेनका दुई हिरोनी आ'का छन् नि !'

नभन्दै छिनभरमा फेदेनका हिरोइन भीडमा चर्को घाम छल्न छाता ओढेका र परैबाट देखिने राताम्मे लुगा लगाएका । भर्खर स्थानीय कञ्चनजंघा एकेडेमीमा दस जोड दुई पढ्दै गरेका यी किशोरीले स्थानीय लगानी र निर्माणमा बनेका एक/दुई फिल्ममा के खेलेका थिए, उनीहरू 'हिरोनी' भइहालेछन् ।

१९ वर्षे आशा विक -तस्बिरमा दायाँ) र २१ वर्षे दिलु सुनुवारको चिनारी अरू फिदिमे युवतीको भन्दा अलग रहेछ । आशाले दस कक्षा पढ्दैखेरि देवजंग थापा निर्देशित 'परिवर्तन' फिल्ममा नायिका बनेर अभिनय गरेकी रहिछन् । 'दसैं र तिहारका बीचमा फिदिमवरपर सुटिङ भएको थियो,' हिरोनी आशा भन्दै थिइन्, 'यो फिल्म मलेसिया, कतार, दुबईतिर पनि देखाइसकिएको छ ।' कुनै कुरा बन्दुकले होइन, विचारले परिवर्तन गनर्ुपर्छ भन्ने सारमा यो फिल्म बनेको उनको बुझाइ छ ।

'यो सानो ठाउँमा अरू अवसर पाउनै गाह्रो छ,' आशा निराशाको स्वरमा भन्दै थिइन्, 'तैपनि एउटा फिल्म खेलेर धेरैले चिन्ने भए, पैसा भने कमाइएन ।' सुन व्यवसायी बाआमाकी छोरी आशा कतैबाट राम्रो कथामा खेल्ने अफर आएमा अझै फिल्मी दुनियाँमा लागिपर्ने आशा बाँकी रहेको इच्छा सुनाउँछिन् ।

अर्की सानी हिरोनी दिलुले त आठ कक्षा पढ्दैखेरि लोकल फिल्ममा खेलेकी रहछिन्, नायिका बनेर । सन्तोष राईको 'भिन्नता' भन्ने फिल्ममा उनले सन्देशमूलक कथावस्तुमा खेलेकी रहिछन् । 'मेरो फिल्म भने फिदिम, ताप्लेजुङतिर बढी चलेको थियो,' उनी भन्दै थिइन्, 'एचआईभी एड्स लागेको व्यक्तिलाई गरिने व्यवहार र हेरिने दृष्टिकोणबारे यो फिल्म केन्दि्रत थियो ।'

उनका बुझाइमा उनकी साथी आशा र उनी आफैँ 'साना ठाउँका साना हिरोनी' हुन् । तर ठूला सहरका हिरोइनहरूले भन्ने गरेझैँ उपयुक्त अवसर पाउँदा र कथाले मागेमा जे-जस्तै अभिनयका लागि पनि यी साना हिरोनीहरूले आफू पछि नपर्ने बताए । उनीहरू दुवैजना फिदिम बजारमा लाग्ने अधिकांश नेपाली फिल्म हेर्ने गर्दा रहेछन् । ती फिल्ममा आउने 'ठूलो सहरका ठूला हिरोनी' जस्तै भूमिका र अभिनय मौका पाएमा 'केही गरेर देखाउने' उनको अन्तरइच्छा रहेछ ।

फिदिम बजारमै भेटिए अर्का प्रतिभा- मित्र लिङ्देन । संघीय लिम्बुवान कलाकारका संयोजकसमेत रहेका उनी साहित्यमा 'मित्र अकिञ्चन' भनेर लेख्छन्। उनले 'नुमाफुङ', 'एउटा कथा', 'अरुणपूर्व लिम्बुवान' लगायतका साना/ठूला फिल्ममा अभिनय गरिसकेका छन् । 'अहिले पनि अशोक चेम्जोङको 'स्वदेश', किशोर सुब्बाको 'थोकला'(कोसेली), प्रेम सेर्मा याङ्जाबुङेको 'लभ इन लिम्बुवान' लगायतका फिल्ममा अनुबन्धित भइसकेको छु,' उनले हतारमै सुनाए । ...
del.icio.us   digg   reddit   stumbleupon

responses to ( पाँचथरे हिरोइन )

Leave your reponse to this post
Please Login to comment.

daya 's blog

Last login: Mar. 22nd 12:44 AM
Member since: Dec 31 1969
  • Total blogs: 55
Latest blog by daya