UML leader K.P Sharma Oli has said there should be referendum to decide whether the country should adopt federal system.
Addressing a programme organised by UML Koshi Zonal Committee in Biratnagar on Tuesday, Oli said that referendum on is the best way to decide federalism given the current dispute between the parties.
"Personally, I'm not against federalism. There should be referendum to decide it because the dispute between the parties is hampering the peace process and constitution-drafting," said he, adding that federalism decided through negotiation between the parties might not be good for the country's sovereignty.
Oli also said that that "internally divided" Maoists have not been able to run the government, predicting that internal squabble in the Maoist party will bring the Bhattarai government down soon. nepalnews.com ...
responses to ( "K.P Oli for referendum on federalism in Nepal" )
सङ्घीयता जनमतसङ्ग्रहबाट सुल्झाउनुपर्छः नेता ओली
विराटनगर, चैत्र ७ - एमालेका नेता केपी शर्मा ओलीले सङ्घीयतासम्बन्धी विवाद समाधान गर्न जनमतसङ्ग्रहमा जानुपर्ने बताएका छन् । आफू व्यक्तिगतरूपमा सङ्घीयताको विपक्षमा नरहेको उल्लेख गर्दै सङ्घीयताले राष्ट्रिय एकता र अखण्डतामा असर पर्छ र हिंसात्मक गतिविधि उत्पन्न हुन्छ भने त्यसको समाधान जनमतसङ्ग्रह नै हो, उनले भने ।
एमाले अञ्चल समन्वय कमिटी कोसीद्वारा मंगलबार आयोजित पत्रकार सम्मेलनमा नेता ओलीले सङ्घीयता कायम गर्ने सम्बन्धमा व्यापक समर्थन र विरोध भएकाले जनमतसङ्ग्रह नै उत्तम विकल्प रहेको तर्क दिए ।
नेता ओलीले शान्ति प्रक्रिया तथा संविधान निर्माण कार्य समयमा पूरा नगरे वर्तमान सरकार परिवर्तन हुने बताए ।
वर्तमान सरकारको नेतृत्व गरेर माओवादी पार्टी आन्तरिक द्वन्द्वले कमजोर भएको र सरकार चलाउन पनि सक्ने अवस्थामा नरहेको उनले स्पष्ट पारे ।
वर्तमान लोकतान्त्रिक शङ्कटपूर्ण अवस्थामा प्रतिगामी शक्ति सल्बलाउने र माओवादीले सत्ता कब्जा गर्ने स्थिति नरहेको स्पष्ट गर्दै नेता ओलीले वर्तमान सरकार भ्रष्टहरूको अखडा रहेको समेत आरोप लगाए ।
नेता ओलीले मुलुकका सबै जातजातिबीच एकता कायम गर्न तथा समृद्ध नेपाल निर्माणका लागि जनमत तयार गर्न आफ्नो पार्टीले देशका विभिन्न स्थानमा आमसभाको तयारी गरिरहेको जानकारी दिए ।
एमाले पार्टीमा रहेको गुटबन्दी समाप्त भई एकढिक्का भएर अगाडि बढ्नेसमेत निर्णय भएको नेता ओलीको भनाइ रहेको छ । रासस
प्रकाशित मिति: २०६८ चैत्र ७