Title: राष्ट्रपतिलाई जनजातिको एकबुँदे स्मरणपत्र

राष्ट्रपतिलाई जनजातिको एकबुँदे स्मरणपत्र

- kantipur news

काठमाडौ, जेष्ठ १९ - आदिवासी जनजातिले राष्ट्रपति डा. रामवरण यादवलाई वर्तमान राजनीतिक रिक्ततालाई पूर्ति गर्नुपर्ने भन्दै एक बुँदे स्मरणपत्र बुझाएका छन् । नेपाल आदिवासी जनजाति महासंघले शुक्रबार शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा गई स्मरणपत्र बुझाएको हो ।

'वर्तमान राजनीतिक रिक्ततालाई पूर्ति गर्न राष्ट्रपतिको ध्यानाकर्षण गराएका छौं', महासंघका महासचिव आङकाजी शेर्पाले भने, 'प्रतिगामी शक्तिले चलखेल गरे राष्ट्रिय एकता र राष्ट्रिय अखण्डतालाई कमजोर बनाउँछ ।'

नयाँ संविधान निर्माणका लागि संविधानसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरू आपसी सहमति नहुँदा संविधानसभा विघटन हुँदा शान्ति र संविधानको चाहना भएका नेपाली स्तब्ध बनेको स्मरणपत्रमा उल्लेख छ । 'संविधानसभा विघटनपछि मुलुकमा देखिएको राजनीतिक रिक्तता, तरलता र अन्योललाई सर्वपक्षीय राजनीतिक सहमति, संवैधानिक तथा कानुनी प्रक्रियाबाट सम्बोधन नगरे मुलुक अराजकतातर्फ उन्मुख हुनेमात्र होइन', महासंघका अध्यक्ष राजकुमार लेखी थारुद्वारा हस्ताक्षरित स्मरणपत्रमा भनिएको छ, 'राष्ट्रिय एकता र राष्ट्रिय अखण्डतासमेत कमजोर पार्न गणतन्त्र, संघीयता र धर्मनिरपेक्ष विरोधी प्रतिगामी प्रतिक्रियावादी देशी विदेशी शक्ति केन्द्रहरूको चलखेल र षडयन्त्रतर्फ राष्ट्रपति, प्रधानमन्त्री र दलहरुलाई महासंघ स्मरण गराउन चाहन्छ ।'

प्रकाशित मिति: २०६९ जेष्ठ १९ ...
del.icio.us   digg   reddit   stumbleupon

responses to ( राष्ट्रपतिलाई जनजातिको एकबुँदे स्मरणपत्र )

Leave your reponse to this post
Please Login to comment.

Mumta 's blog

Last login: Apr. 14th 02:12 AM
Member since: Dec 31 1969
  • Total blogs: 113
Latest blog by Mumta