संविधानसभा कस्ले र किन विघटन ग-यो ? संविधानसभा विघटन गर्नुको मुख्या कारणहरुः-
१ गणतन्त्र, लोकतन्त्र, संघीयता, धर्मनिरप क्षताला नयाँ संविधानमा संस्थागत हुन नदिन ।
२ राज्य पुनसंरचना समिति र राज्य पुनसंरचना आयोगमा वहुमतले पारित र दुई तिहाई सभासदहरुले हस्ताक्षर गरि सकेको जातिय पहिचान सहितको संघीय संविधान जेठ १४ मा जारी हुन नदिन
३ मधेशी, दलित, महिला, अपाङ्गा पिछाडा वर्ग र क्षेत्रको अधिकार नया“ संविधानमा सुनिश्चित हुन नदिन ३ सिहदवार केन्द्रीकृत शक्तिलाई वडातहसम्मको जनतालाई उपभोग गर्न नदिन
४ हिमाल पहाड र तराईबाट संकलन गरेका राजश्वमा सिहदरवार भित्र बसेकाले मात्र मोजमस्ती गर्न र गाउँ घर, झुपडीको गरिव जनता जीवन स्तर विकासकामा वितरण हुन नदिन
५ जातीय, लैङ्गिक वर्गिय र क्षेत्रीय उत्पीडनको अन्त गर्दै समात मूलक समाज र राष्ट्र निर्माणको लागि विभिन्न आन्दोलनका मोर्चाहरुमा जीवन वलिदानी दिनु भएको १३ हजार महान शहिदहरुको सुनौला सपना साकार हुन नदिन संविधान सभा विघटन गर्ने षडयन्त्रकारीहरु को को हुन ?
१ जातिय पहिचान सहितको संघीयताको विरोधी दलहरुमा नेपाली कांगे्रस, नेकपा एमाले, राप्रपा नेपाल, राष्ट्रिय जनमोर्चा नेपाल र नेपाल मजदुर किसान पार्टी ।
२ २४० वर्षदेखि राज्यसत्तामा एकल हालीमुहाली गर्न पलकेका
३ दलका व्रहामणवादी खसअहंकारवादी हिन्दुअतिवादी शासक तथा नेताहरु । ३ प्रतिगामी प्रतिक्रियवादी सामन्ती शासक ज्ञानेन्द्रलाई अरबौ भेटी चढाएर शक्ति र ईजतको उपभोग गरेका र फेरी राजतन्त्र ल्याएर ज्ञानेन्द्रको हातवाट दशैको टिका, तक्मा लगाउने र शक्ति र ईजत कमाउने दिवास्वपना बोकेर हिडेका कथाकथित सदभाव ¥यालीका आयोजकहरु ।
५ संघीयता र धर्म निरपेक्ष विरोधी अति हिन्दुवादी सञ्चार माध्यमहरु, कान्तिपुर, इमेज, एभिन्यूज, माउण्टेन टिभि, नेपाल पत्रकार महासंघ, रिपार्टस क्लब, र मानव अधिकारवादी संस्थामा कार्यरत व्यरिक्तहरु ।
६ नेपाल रजनीतिमा प्रत्यक्ष सरोकार र हस्तक्षेप गर्ने मित्र राष्ट्र भारतको नेताहरु (विदेशी प्रभु) को ईशारा र निर्देशन ।
७ अखण्ड सुदुर पश्चिमको नामबाट सधै प्रधानमन्त्री र गृहमन्त्री र मन्त्री हुन पल्केको विभिन्न दलका नेताहरु । लिम्बु, किराँत राई, तामङ, नेवार, शेर्पा, गुरुङ, मगर, थारु, हिमाल पहाड र तराईका आदिवासी जनजातिहरुको निर्वाचन क्षेत्र, जिल्ला र गाउँबाट प्रतिनिधित्व हुन पल्केकोहरु वाहुन क्षेत्री नेताहरु ।
८ नाम विनाको भौगोलिक प्रदेश स्थापना गरेर गिरजाप्रसाद कोईराला, शेरवहादुर देउवा, झलनाथ खनाल माधव नेपाल, पुष्पकमल दहाल प्रचण्ड र बावुराम भट्टराई जस्तै नमरेसम्म यो देशको राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरु हुने सपना बोकेर जातिय पहिचानको विरोधमा भ्रम फैलाउदै हिडेका माओवादी, कांग्रेस र एमालेका वाहुन क्षेत्री युवाहरु ।
९ मन्त्री राजदूत हुनु पाउछ की भन्ने प्रलोभनमा वाहुन क्षेत्री नेताको पुच्छर र हनुमान बन्दै हिडेका आदिवासी जनजातिहरु नेताहरु । माओवादी १० वर्षे जनयुद्ध, ०६२÷६३ जनआन्दोलन, आदिवासी जनजाति, मधेशी, मुस्लीम र अपाङ्गाहरु आन्दोलनको उपलव्धीहरु नेपालको नयाँ संविधानामा संस्थागत हुन नदिन संविधानसभा कायरतापूर्ण र षडयन्त्रकारी काम भएकोछ । नेपालको ईतिहांसमा जेठ १४ गतेलाई कालो दिनको रुपमा परिभाषित हुनेछ । यस्ता षडयन्त्रकारी दलहरु र नेताहरुलाई नेपालमा हुने आगमी निर्वाचनहरुमा मतदान गर्दा नेपालका आदिवासी जनजाति, मधेशी, दलित, मुस्लीम र अपाङगाहरुले चोटिलो र पेचिलो भण्डाफोर र जवाफ दिनु पर्ने देखिन्छ ।
आदिवासी जनजातिको भावि रणनीति:-
१ जातिय पहिचान विरोधी दल र दलका नेता नङग्याउने
२ आदिवासी जनजातिमाथी विभेदका मुद्धाहरुबारे जागरण अभियान गाउ“ तहसम्म जागरण अभियान सञ्चालन गर्ने
३ प्रदेश तहमा जनसभाहरु आयोजना गर्ने
४ जातिय पहिचानको विरोधमा देखिएको पार्टी परित्याग अभियान सञ्चालन गर्ने
५ धर्म निरपेक्ष, गणतन्त्र र संघीयता संस्थागत गर्ने प्रयत्न जारी राख्ने
६ आई एल ओ कार्यान्वायन गर्ने
७ जातिय पहिचान विरोधी सञ्चार माध्यम ७ दिनसम्म वहिष्कार गर्ने अभियान संञ्चालन गर्ने
८ जातिय पहिचान सहितको प्रदेश घोषणा गर्ने र प्रदेशीक राज्य सभा गठन गर्ने
आङ काजी शेर्पा किसान, महासचिव नेपाल आदिवासी जनजाति महासंघ ...
responses to ( संविधानसभा कस्ले र किन विघटन ग-यो ? )