सन्तोष काफ्ले / एचकेनेपाल डट कम- धरान, २० जेष्ठ । नेपाली काग्रेसको भातृ संस्था नेवि संघ र तरुण दलले शनिवार धरानमा सरकारविरुद्ध प्रदर्शन गर्दै प्रधानमन्त्री बाबुराम भट्टराईको पुत्ला दहन गरेका छन्।
धरानको पव्लिक उच्च माविको प्राङगनबाट सुरु भएको नेविसंघ र तरुणदलको विरोध जुलुस छाता चोक, महेन्द्रपथ, कलेज रोड हुदै भानु चोकमा आएर कोण सभामा परिणत भएको थियो।
प्रम भट्टराईको पुत्लासहित प्रदर्शनमा उत्रिएका नेविसंघ र तरुण दलका कार्यकर्ताहरुले भानुचोकमा ल्याएर भट्टराईको पुत्ला जलाएका थिए।
कोण सभामा नेविसंघ सुनसरीका पूर्व सभापति श्याम पोखरेल, जिल्ला सभापति विकास केसी, तरुणदल धरानका अध्यक्ष देबेन्द्र लिम्बु नेविसंघ महेन्द्र क्याम्पसका सभापति सुन्दर लिमबु लगायतले बोलेका थिए।
उनीहरुले माओवादीले सत्ताकब्जा गर्ने उद्धेश्यले संविधानसभाको विघटन गरेर प्रम भट्टराईले देशलाई दुर्घटनातर्फ पुर्र्याएको भन्दै आक्रोस पोखेका थिए।
वक्ताहरुले भट्टराईले तत्काल राजिनामा दिएर राष्टिय सहमतिका लागि मार्ग प्रसस्त गर्नु पर्ने बताए। संविधानसभा विघटन हुदा समेत त्यहि संविधान सभाका सदस्यले चुनेको प्रधानमन्त्री कार्यकारी हु भन्दै हिड्नु बाबुरामको मुर्खाता भएको उनीहरुको आरोप थियो। वक्ताहरुले माओवादीकै कारण संविधानसभा विघटन भएकोले जनताले संविधान नपाएको आरोप लगाएका थिए। ...
responses to ( धरानमा प्रधानमन्त्रीको पुत्ला जलाइयो )