Title: आशा नेपाल ट्राभलर्सका संचालक रबीन्द्र घिमिरे एजेन्ट फरार भएपछि युएई आएका नेपालीहरू अलपत्र...

आशा नेपाल ट्राभलर्सका संचालक रबीन्द्र घिमिरे एजेन्ट फरार भएपछि युएई आएका नेपालीहरू अलपत्र


प्रवास समाचार,एचकेनेपाल डट कम-

बिदेशमा टेक्न पाएमात्र पैसा कमाइ हुन्छ भन्ने गलत सोचले हामी कतिसम्म ठगिन पुगिन्छ पीडितहरुलाई भेटेपछि मात्र पीडा बुझ्न सकिन्छ।

बैदेसिक रोजगारीको सिलसिलामा ठूलो रकम तिरेर युएईको अजमान आइपुगेका ९ जना नेपालीहरु ठगिएका छन्। नेपालका आशा नेपाल ट्राभलर्सका संचालक रबीन्द्र घिमिरेमार्फत प्रति व्यक्ति ३ देखि ४ लाखसम्म बुझाइ भिजिट भिषामा नेपाली दुबईमा ल्याउन सक्रिय रहेका सन्तोस बि.कको मिलेमोतोमा मिडल इष्स युरो टुरबाट भिषा निकाली पीडितहरुलाई युएईको अजमानमा ल्याएर अलपत्र पारेको छ।

महिनौदिन बितिसक्दा पनि काम नभएपछि भिषाको समय हुदै पटक पटक नेपाल पठाउन आग्रह गर्दै आउदा तिमीहरुको काम हुन्छ भिषा नबीकरण गर्न पर्यो भनी पासपोर्ट समेत सन्तोस बि.क.ले नियन्त्रणमा लिई केही दिनसम्म त फोनमा सम्पर्कमा रहेका थिए भने हाल पूर्ण रुपले सम्पर्क बाहिर रहेका पीडितहरु बताउछन्।

एजेन्ट सम्पर्कमा नआएपछि उक्त कम्पनीमा गई बुझ्दा आफूहरुको भिषा सकिएर युएईबाट आउट नभएपछि ब्ल्याक लिस्टमा राखिएको र आफूहरुको पासपोर्ट ट्राभलमा रहेको तर सन्तोस बि.क संग आर्थिक लेनदेन रहेका कारण पासपोट राखिएको जानकारी पाएका थिए।

.... ...
del.icio.us   digg   reddit   stumbleupon

responses to ( आशा नेपाल ट्राभलर्सका संचालक रबीन्द्र घिमिरे एजेन्ट फरार भएपछि युएई आएका नेपालीहरू अलपत्र... )

Leave your reponse to this post
Please Login to comment.

daya 's blog

Last login: Mar. 22nd 12:44 AM
Member since: Dec 31 1969
  • Total blogs: 55
Latest blog by daya