Title: ज्ञानेन्द्रको सम्बोधन आफूले तयार गरेको माधव नेपालको खुलासा

ज्ञानेन्द्रको सम्बोधन आफूले तयार गरेको माधव नेपालको खुलासा


चितवन, असार ३० - एमाले बरिष्ठ नेता माधवकुमार नेपालले ०६३ सालमा संसद पुनर्स्थापनाको लागि राजाको हैसियतमा ज्ञानेन्द्र शाहले गरेको अन्तिम सम्बोधनको ड्राफ्ट आफूले तयार गरेको खुलासा गरेका छन् ।

आन्दोलन चर्कंदै गएपछि (०६३) बैशाख ११ गते ज्ञानेन्द्रले गरेको सम्बोधनको ड्राफ्ट आफू र गिरिजाप्रसाद कोइराला मिलेर तयार गरेको फेहरिस्त उनले खुलाए । 'कांग्रेसका तत्कालिन सभापति गिरिजाबाबु र एमाले महासचिवको हैसियतले म स्वंयबाट संसद पुनःस्थापना गर्ने संबोधनको बिषय हामी दुबैजना मिलेर तयार गरेका हौं,' शनिबार भरतपुरमा आयोजित नारायणी अञ्चल स्तरिय कार्यकर्ता प्रशिक्षणमा उनले भने, ‘हामीले संसद पुनःस्थापना गर्न सहमति गरेका हौं, राजसंस्था राख्ने कहाँ सहमति भएको छ ? प्रमाण लिएर आउ ।’ ज्ञानेन्द्रसँग त्यस्तो कुनै लिखित सहमति छ भने देखाउन उनले चुनौती दिए । संसद पुनःस्थापनाका लागि मात्र गिरिजाबाबु र आफूले सहमतिमा हस्ताक्षर गरेको समेत उनले दोहोर्‍याए ।

'पूर्व राजाको संबोधनमा ‘हाम्रा प्यारा जनताहरु र पशुनाथले कल्याण गरुन्’ भन्ने बाहेक सबै गिरिजाबाबु र मैले तयार गरेर पढ्न लगाएका हौं,' उनले भने, ‘सम्बोधनको पत्रमा कहि पनि राजा राख्ने कुरा नगरिएकोले ज्ञानेन्द्रलाई हावादारी कुरा नबोल्न म चेतावनी दिन्छु ।’

उनले संसद् पुनःस्थापना गर्नका लागि ज्ञानेन्द्रलाई लेखेको कुरा जस्ताको तस्तै पढ्न मात्र लगाएको खुलाउँदै कल्पनै नगरेको कुरा राजतन्त्र राख्ने बिषय उठ्दै नउठेको प्रष्ट पारे । 'गिरिजाबाबु हुनुहुन्न, त्यसको साछी म छु, सक्छौं भने प्रमाण लिएर आउ, म भिड्न तयार छु,' नेता नेपालले ज्ञानेन्द्रको अभिब्यक्ति प्रति आक्रोस पोखे, 'ज्ञानेन्द्रले माधव नेपाललाई चानेचुने सम्झेको होला, गिरिजाबाबु हनुहुन्न, जे बोले नि पत्याउँछन् भन्ने भ्रम राखेको होला, त्यसको ज्युँदो साछी म छु ।'

नेपालमा राजतन्त्र कदापी नदोहोरिने उनले बताए । 'इतिहास दोहोरिने छैन, ज्ञानेन्द्रले मिठो कल्पना गरेर रमाउन खोजेका छन्, कुनै हालतमा राजसंस्था पुनर्स्थापना हुने छैन,' एमाले बरिष्ठ नेता नेपालले भने, 'हामीलाई ज्ञानेन्द्रको अभिभावकत्व चाहिएको छैन, किसानको छोरा रामवरण यादब नै ठिक छन् ।’

पूर्वप्र ानमन्त् ी नेपालले बाबुराम सरकारको नालायिकीपनले देश संकटमा पर्दे गएकोले पुर्ब राजा ज्ञानेन्द्रले खेल्ने मौका पाएको बताए । 'बाबुराम भट्टराई सरकारमा बस्न कुनै नैतिका अधिकार छैन,' उनले जर्बजस्ती सत्तामा बसिरहे आन्दोलन सुरु हुने र त्यसले मुठभेड निम्त्याउने उल्लेख गरे ।

प्रकाशित मिति: २०६९ असार ३०

ekantipur.com ...
del.icio.us   digg   reddit   stumbleupon

responses to ( ज्ञानेन्द्रको सम्बोधन आफूले तयार गरेको माधव नेपालको खुलासा )

Leave your reponse to this post
Please Login to comment.

Mumta 's blog

Last login: Apr. 14th 02:12 AM
Member since: Dec 31 1969
  • Total blogs: 113
Latest blog by Mumta