यस्तो छ नेपाल-भारत लगानी प्रवर्द्धन तथा संरक्षण सम्झौता (बिप्पा) BIPPA Trety between Nepal and India
by subir on Monday, July 23rd 2012, 10:21 AM
यस्तो छ नेपाल-भारत लगानी प्रवर्द्धन तथा संरक्षण सम्झौता (बिप्पा) BIPPA Trety between Nepal and India
नेपाल सरकार तथा भारत सरकार (यसपछि 'संविदाकारी पक्षहरू' भनिएको),एक राष्ट्रका लगानीकर्ताहरूको बृहत्तर लगानी अर्को राष्ट्रको इलाकाभित्र फस्टाउने अनुकूल अवस्था सिर्जना गर्न इच्छुक हुँदै, निजी क्षेरको उपक्रमलाई अभिप्रेरित गर्न त्यस्ता लगानीको प्रोत्साहन र पारस्परिक प्रबर्द्धन एवं संरक्षण अत्यावश्यक भएको र त्यसले दुवै राष्ट्रहरूमा समृद्धि अभिवृद्धि गर्ने कुरालाई मान्यता दिँदै,देहायबमोजिम गर्न सहमत भएका छन्ः
धारा- १
परिभाषाहरू
यस सम्झौताको प्रयोजनका लागि
(क) 'कम्पनी' भन्नाले देहाय बमोजिम सम्झनुपर्छ
१. नेपालको हकमा नेपालमा प्रचलित कानुन अन्तर्गत संस्थापित, गठित वा स्थापित सस्थान, र्फम र संस्थाहरू,
२. भारतको हकमा भारतको कुनै भागमा प्रचलित कानुन अन्तर्गत संस्थापित, गठित वा स्थापित संस्थान, र्फम र संस्थाहरू ।
(ख) 'लगानी' भन्नाले एक संविदाकारी पक्षको लगानीकर्ताद्वारा अर्को संविदाकारी पक्ष्ाको कानुन बमोजिम सो संविदाकारी पक्ष्ाको इलाकामा स्थापना भएका वा प्राप्त भएका हरेक प्रकारका जायजेथा एवं त्यस्तो लगानीका स्वरूपगत परिवर्तनहरू समेतलाई सम्झनुपर्छ र सो शब्दले खासगरी देहायका कुराहरू समेतलाई जनाउँछ ः
१. चल र अचल सम्पत्ति एवं त्यससँग सम्बन्धित अन्य अधिकारहरू, जस्तै बन्धकी, लियन वा धितो,
२. कम्पनीका सेयरहरू र स्टक एवं ऋणपत्र
(डिवेन्चर) हरू तथा कुनै कम्पनीमा त्यस्तै स्वरूपको अन्य कुनै संलग्नता,
३. मौदि्रक वा वित्तीय मूल्य भएको कुनै करारको परिपालनाको दाबी,
४. संविदाकारी पक्षको आ-आफ्ना कानुन बमोजिमको बौद्धिक सम्पत्तिसम्बन्धी अधिकार,
५. तेल एवं अन्य खनिजहरूको अन्वेषण एवं निस्सारण गर्न दिइने सहुलियतहरू लगायतका कानुनद्वारा वा करार अन्तर्गत प्रदत्त व्यावसायिक सहुलियतहरू,
(ग) 'लगानीक ्ताहरू' ; भन्नाले एउटा संविदाकारी पक्षको इलाकामा कुनै लगानी गरेको अर्को संविदाकारी पक्षको नागरिक वा कम्पनी सम्झनुपर्छ,
(घ) 'नागरिकहरू' भन्नाले देहाय बमोजिम सम्झनुपर्छ,
१. नेपालको हकमा नेपालमा प्रचलित कानुनद्वारा नेपाली नागरिकका रूपमा आफ्नो हैसियत प्राप्त गरेका प्राकृतिक व्यक्तिहरू,
२. भारतको हकमा भारतमा प्रचलित कानुनद्वारा भारतीय नागरिकका रूपमा आफ्नो हैसियत प्राप्त गरेका प्राकृतिक व्यक्तिहरू,
(ङ) 'प्रतिफल' भन्नाले कुनै लगानीबाट हासिल भएको मौदि्रक रकम, जस्तै नाफा, ब्याज, पुँजीगत लाभ, लाभांश, रोयल्टी र शुल्कहरू सम्झनुपर्छ ।
(च) 'इलाका' भन्नाले देहाय बमोजिम सम्झनुपर्छ ः
(क) भारतको हकमा आफ्नो प्रादेशिक जलक्षेत्र सहितको गणतन्त्र भारतको इलाका एवं त्यसमाथिको हवाई क्षेत्र र भारतको प्रचलित कानुन १९८२ को सामुदि्रक कानुनसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धि र अन्तर्राष्ट्रिय कानुन बमोजिम गणतन्त्र भारतको सार्वभौमसत्ता, सार्वभौमिक अधिकारहरू वा एकलौटी क्षेत्राधिकार भएको एकलौटी आर्थिक क्षेत्र
(एक्सक्लुसिभ इकोनोमिक जोन) र महाद्विपीय तख्ता -कन्टिनेनटल सेल्फ) समेटिएको अन्य सामुदि्रक क्षेत्रसमेत ।
(ख) नेपालको हकमा नेपालको संविधान एवं अन्तर्राष्ट्रिय कानुन बमोजिम नेपालको सार्वभौमसत्ता एवं क्षेत्रा िकारभित र पर्ने इलाका ।
धारा- २
सम्झौताको क्षेत्र
यो सम्झौता प्रारम्भ हुनुभन्दा अगाडि वा पछाडि जहिलेसुकै गरिएको भए तापनि कुनै एक संविदाकारी पक्षका लगानीकर्ताहरूले अर्को संविदाकारी पक्षका इलाकामा पछिल्लो संविदाकारी पक्षका कानुन एवं नियमहरू बमोजिम स्वीकृत गरिएको कुनै पनि लगानीका हकमा यो सम्झौता लागू हुनेछ । तर यो सम्झौता लागू हुनुभन्दा अगाडि उत्पन्न भएको लगानीसँग सम्बन्धित कुनै पनि विवाद वा समाधान भइसकेको दाबीका हकमा यो सम्झौता लागू हुने छैन ।
धारा- ३
लगानी प्रबर्द्धन एवं संरक्षण
१. प्रत्येक संविदाकारी पक्षले आफ्नो इलाकामा अर्काे संविदाकारी पक्षको लगानीकर्ताका लगानीहरूलाई प्रोत्साहन दिने सोका लागि अनुकूल अवस्था सिर्जना गर्ने र आफ्ना नीति, कानुन र नियमहरू बमोजिम त्यस्ता लगानीहरू स्वीकार गर्नेछन् ।
२. प्रत्येक संविदाकारी पक्षको लगानीकर्ताका लागि एवं प्रतिफलहरूलाई अर्को संविदाकारी पक्षको इलाकामा सधैं उचित र समन्यायिक व्यवहार गरिनेछ ।
धारा- ४
राष्ट्रिय व्यवहार तथा अति
सौविध्यतापूर्ण राष्ट्र व्यवहार
१. प्रत्येक संविदाकारी पक्षले अर्को संविदाकारी पक्षका लगानीकर्ताको लगानीहरूलाई तिनका आफ्नो लगानीकर्ताका लगानीहरूलाई वा कुनै तेस्रो राष्ट्रका लगानीकर्ताको लगानीलाई प्रदान गरिएको व्यवहारभन्दा कम सौविध्यतापूर्ण नहुनेगरी व्यवहार गर्नेछन् ।
२. त्यसमा अतिरिक्त प्रत्येक संविदाकारी पक्षले अर्काे संविदाकारी पक्षका लगानीकर्ताहरूलाई तिनका लगानीहरूको प्रतिफलका हकमा समेत कुनै तेस्रो राष्ट्रका लगानीकर्ताहरूलाई प्रदान गरिएको भन्दा कम सौविध्यतापूर्ण नहुने गरी व्यवहार गर्नेछन् ।
३. देहायका कुराहरू अन्तर्गत व्यवस्था भएको कुनै पनि व्यवहार, अग्राधिकार वा विशेषाधिकारको फाइदा वा हित अर्को संविदाकारी पक्षका लगानीकर्ताहरूलाई दिनेगरी विस्तार गर्न एउटा संविदाकारी पक्षलाई बाध्य बनाउनेगरी उल्लिखित प्रकरण (१) र (२) का व्यवस्थाहरूलाई व्याख्या गरिने छैन ः
(क) आफू पक्ष भएको वा हुनसक्ने कुनै विद्यमान वा भावी भन्सार संघहरू वा त्यस्तै किसिमका अन्तर्राष्ट्रिय सम्झौता वा
(ख) सम्पूर्ण रूपमा वा मूल्य रूपमा कराधानसँग सम्बद्ध कुनै विषय ।
धारा- ५
अधिग्रहण
१. कुनै संविदाकारी पक्षका लगानीकर्ताका लगानीहरूलाई भेदभावरहित आधारमा उचित एवं समन्यायिक क्षतिपूर्ति दिई कानुन बमोजिम सार्वजनिक प्रयोजनका लागि बाहेक अर्को संविदाकारी पक्षको इलाकामा राष्ट्रियकरण वा अधिग्रहण वा त्यस्तै प्रभाव भएको अन्य कुनै कारबाही -यसपछि समग्रमा 'अधिग्रहण' भनिएको) गरिने छैन ।
२. यो बुझिएको छ कि ः
(क) हकको औपचारिक हस्तान्तरण वा सोझै जफत नगरी प्रत्यक्ष अधिग्रहण सरहको प्रभाव भएको संविदाकारी पक्षबाट गरिएको गरेको कुनै कारबाही वा कारबाहीको शृङखलाबाट प्रत्यक्ष अधिग्रहण उत्पन्न हुन्छ,
-ख) कुनै संविदाकारी पक्षको कुनै कारबाही वा कारबाहीको शृङखलाले अप्रत्यक्ष अधिग्रहण सिर्जना गर्छ वा गर्दैन भनी निर्धारण गर्दा, अन्य कुराहरूका अतिरिक्त देहायका कुराहरूलाई समेत विचार गरी प्रत्येक विषयको छुट्टाछुट्टै तथ्यमा आधारित जाँचबुझ आवश्यक पर्नेछ ः
१. उक्त कारबाही वा कारबाहीको शृङखलाको आर्थिक असर,
तर कुनै कारबाही वा कारबाहीको शृङखलाले कुनै लगानीको आर्थिक मूल्यमा प्रतिकूल प्रभाव पारेको छ भन्ने तथ्य मात्रैले अप्रत्यक्ष अधिग्रहण भएको छ भन्ने अर्थ लाग्दैन ।
२. कुनै पक्षको कुनै लगानीकर्ता वा कुनै कम्पनीका हकमा गरेको उक्त कारबाही क्षेत्र वा सोको प्रयोगमा विभेदकारी रहेको हद,
३. कारबाही वा कारबाहीको शृङखलाले लगानीसँग सम्बन्धित विशिष्ट मनासिव लगानी समर्थित अपेक्षामा गरेको हस्तक्षेपको हद,४. सार्वजनिक हितको उद्देश्यका लागि भएको वा नभएको तथा अधिग्रहण गर्ने मनसाय र त्यस्तो कारबाहीका बीच मनासिव माफिकको अन्तरसम्बन्ध भए वा नभएको जे भए तापनि त्यस्ता कारबाही वा कारबाहीको शृङखलाको चरित्र र अभिप्राय ।
(ग) अपवादजनक परिस्थितिमा बाहेक ती उद्देश्यहरू हासिल गर्न असल नियतले तय गरी लागू गरिएको भनी मनासिव किसिमले मान्न नसकिनेगरी अत्यन्त कडा भएका उपायहरू बाहेक स्वास्थ्य, सुरक्षा र वातावरण संरक्षण लगायतका वैध जनकल्याणकारी उद्देश्य संरक्षण गर्ने अभिप्रायले तथ गरी लागू गरिएका कुनै संविदाकारी पक्षबाट अपनाइएका विभेदरहित नियमनकारी उपायहरूबाट अधिग्रहण वा राष्ट्रियकरण सिर्जना हुँदैन ।
(घ) कुनै संविदाकारी पक्षका न्यायिक निकायहरूका स्वास्थ्य, सुरक्षा वा वातावरणीय सरोकारहरूलाई सम्बोधन गर्न बनाइएका लगायतका सार्वजनिक हितका लागि निर्मित, प्रयुक्त वा जारी भएका कारबाही र निर्णयलाई अधिग्रहण वा राष्ट्रियकरण गरेको मानिने छैन ।
३. अधिग्रहण गरिएको लगानीको क्षतिपूर्ति अधिग्रहण भएको वा आसन्न अधिग्रहण सार्वजनिक जानकारीमा आएको मितिमध्ये जुन पहिले हुन्छ, सोको तत्काल अगाडिको वास्तविक मूल्य बराबर हुनेछ, सो क्षतिपूर्तिमा अधिग्रहणको मितिदेखि भुक्तानीको मितिसम्मको उचित एवं समन्यायिक दरको ब्याजसमेत समाविष्ट हुनेछ र क्षतिपूर्तिलाई अनुचित विलम्बबिना प्रभावकारी रूपमा असुलयोग्य र स्वतन्त् तापूर्व हस्तान्तरणयोग्य बनाइनेछ ।
४. प्रभावित लगानीकर्तालाई आफ्ना लगानीको अधिग्रहण र मूल्यांकन यस धारामा स्थापित सिद्धान् हरूअनुस र भएको छ-छैन भन्ने निर्धारण गर्ने प्रयोजनका लागि त्यस्तो अधिग्रहण गर्ने संविदाकारी पक्षको कुनै न्यायिक वा अन्य स्वतन्त्र अधिकारीद्वारा आफ्नो विषयको शीघ्र पुनरावलोकन गराउन पाउने अधिकार हुनेछ ।
५. कुनै संविदाकारी पक्षले आफ्नो प्रचलित कानुन बमोजिम आफ्नो इलाकामा गठन भएको तथा अर्काे संविदाकारी पक्षका लगानीकर्ताहरू सहभागी भएको कुनै कम्पनीको जायजेथा अधिग्रहण गर्दा त्यस्तो लगानीकर्ताहरूलाई उचित एवं समन्यायिक क्ष्ातिपूर्तिको प्रत्याभूति हुनेगरी यस धाराका व्यवस्थाहरू लागू भएको सुनिश्चित गर्नेछ ।
धारा- ६
नोक्सानी बापतको क्ष्ातिपूर्ति
कुनै संविदाकारी पक्षको इलाकामा युद्ध वा अन्य सशस्त्र द्वन्द्व, राष्ट्रिय संकटकालीन अवस्था वा राष्ट्र विप्लव वा दंगाका कारणले त्यस्तो संविदाकारी पक्षको इलाकामा लगानी भएको कुनै संविदाकारी पक्षको लगानीकर्ताले नोक्सानी व्यहोर्नुपरेमा त्यस्ता लगानीकर्तालाई निजको पुनः प्रतिस्थापन, हर्जाना, क्षतिपूर्ति वा अन्य समाधानका सम्बन्धमा सो संविदाकारी पक्षले सो संविदाकारी पक्षका आफ्ना लगानीकर्ता वा अन्य कुनै तेस्रो राष्ट्रको लगानीकर्तालाई प्रदान गरिएको भन्दा कम सौविध्यतापूर्ण नहुनेगरी व्यवहार गर्नेछ । यसबाट प्राप्त हुने भुक्तानी स्वतन्त् तापूर्व हस्तान्तरणयोग्य हुनेछ ।
धारा- ७
लगानी र प्रतिफलको स्वदेश फिर्ता
१. प्रत्येक संविदाकारी पक्षले आफ्नो इलाकाभित्रको कुनै लगानीसँग सम्बद्ध अर्काे संविदाकारी पक्षको कुनै लगानीकर्ताका सबै रकमहरू अनुचित विलम्ब नगरी भेदभावरहित तवरले स्वतन्त् तापूर्व हस्तान्तरण गर्न आफ्ना कानुनअनुसार अनुमति दिनेछ । त्यस्ता रकममा देहायका रकमहरू समावेश हुन सक्नेछन् ः
१. लगानीहरू कायम राख्न र वृद्धि गर्न उपयोग भएका पुँजी र अतिरिक्त पुँजीगत रकम,
२. आफ्नो सेयरको अनुपातको लाभांश र ब्याज लगायतका खुद मुनाफा,
३. लगानीसँग सम्बद्ध ऋण सम्झौता बमोजिमको कुनै ऋणको ब्याज लगायतका पुनः भुक्तानीहरू,
४. लगानीसँग सम्बद्ध रोयल्टीहरू र सेवा शुल्कहरूको भुक्तानी,
तिनीहरूका सेयरको बिक्रीबाट प्राप्त आम्दानी,
५. तिनीहरूका सेयरको बिक्रीबाट प्राप्त आम्दानी,
६. लगानीकर्ताहरूले बिक्री वा आंशिक बिक्री वा खारेजी -लिक्विडेसन) बाट प्राप्त गरेका आम्दानी,
७. अर्काे संविदाकारी पक्षको इलाकामा रहेको लगानीको सिलसिलामा काम गर्ने कुनै संविदाकारी पक्षका नागरिकका आर्जनहरू,
२. यस धाराको प्रकरण (१) को कुनै पनि कुराले यस सम्झौताको धारा ६ अन्तर्गतको कुनै क्ष्ातिपूर्तिको हस्तान्तरणलाई असर पार्ने छैन ।
३. संविदाकारी पक्षहरूले अन्यथा मञ्जुर गरेमा बाहेक मूल लगानीको मुद्रामा वा संविदाकारी पक्ष र लगानीकर्ताबीच पारस्परिक सहमति भएको अन्य कुनै परिवत्र्य मुद्रामा यस धाराको प्रकरण (१) अनुसारको मुद्रा हस्तान्तरण गर्न अनुमति दिइनेछ । हस्तान्तरण हुँदाका मितिमा बजारमा प्रचलित विनिमय दरमा त्यस्तो हस्तान्तरण गरिनेछ ।
धारा- ८
प्रत्यासन (सव्रोगेसन)
कुनै एक संविदाकारी पक्ष वा यसको तोकिएको निकायले अर्को संविदाकारी पक्षको इलाकामा आफ्ना कुनै पनि लगानीकर्ताको लगानीसँग सम्बन्धित गैरव्यापारिक जोखिम विरुद्ध कुनै हर्जाना (इन्डेम्निटी) को प्रत्याभूति ग्यारेन्टी गरेको र त्यस्ता लगानीकर्तालाई यस सम्झौता अन्तर्गतको तिनका दाबीहरूको सन्दर्भमा कुनै भुक्तानी गरेको भएमा सो संविदाकारी पक्ष वा त्यसको तोकिएको निकायलाई प्रत्यासन (सव्रोग्रेसन) को कारणबाट त्यस्ता लगानीकर्ताका अधिकारको प्रयोग गर्ने र दाबी गर्ने हक प्राप्त हुन्छ भनी अर्को संविदाकारी पक्ष मञ्जुर गर्छ । प्रत्यासन गरिएका अधिकारहरू वा दाबीहरू त्यस्ता लगानीकर्ताको मूल (ओरिजिनल) अधिकार वा दाबीभन्दा बढी हुने छैनन् ।
धारा- ९
लगानीकर्ता र संविदाकारी
पक्षबीचका विवादको समाधान
१. कुनै संविदाकारी पक्षको लगानीकर्ता र अर्काे संविदाकारी पक्षका बीच यस सम्झौता अन्तर्गत सो लगानीकर्ताले गरेको कुनै लगानीसँग सम्बन्धित विवाद सम्भव भएसम्म सो विवादका पक्षहरू बीचको वार्ताद्वारा मैत्रीपूर्ण रूपमा समाधान गरिनेछ ।
२. छ महिनाभित्र मैत्रीपूर्ण रूपमा समाधान नभएको कुनै पनि विवादलाई दुवै पक्षहरूले मञ्जुर गरेमा देहाय बमोजिम पेस गर्न सकिनेछ ः
(क) लगानीलाई स्वीकृत गर्ने संविदाकारी पक्षको कानुन बमोजिम सो संविदाकारी पक्षको सक्षम न्यायिक निकाय, मध्यस्थ वा प्रशासकीय निकायसमक्ष विवाद समाधानका निम्ति वा
(ख) अन्तर्राष्ट्रिय व्यापार कानुनको लागि संयुक्त राष्ट्रसंघीय आयोगको मेलमिलाप सम्बन्धी नियमहरूअनुसार अन्तर्राष्ट्रिय मेलमिलापका निम्ति ।
३. यस धाराको प्रकरण (२) मा व्यवस्था भएको विवाद समाधान कार्यविधिमा पक्षहरू सहमत हुन नसकेमा वा कुनै विवादलाई मेलमिलापका लागि पेस गरिएको तर समाधान सम्झौता हुन नसकी अन्य तरिकाले मेलमिलाप कारबाही समाप्त गरिएको भएमा सो विवादलाई मध्यस्थताको लागि पेस गर्न सकिनेछ । मध्यस्थता सम्बन्धी कार्यविधि देहायबमोजिम हुनेछ ः
१. लगानीकर्ताको संविदाकारी पक्ष र अर्काे संविदाकारी पक्ष दुवै राष्ट्रहरू र अर्को राष्ट्रका नागरिकहरू बीचको लगानीसम्बन्धी विवादहरूको समाधानसम्बन्धी महासन्धि, १९६५ को पक्ष छन् र लगानीसम्बन्धी विवादहरूको समाधानको अन्तर्राष्ट्रिय केन्द्रमा सो विवाद पेस गर्न विवादका दुवै पक्षहरूले लिखित रूपमा सहमति गरेमा त्यस्तो विवाद सो केन्द्रमा पेस गरिनेछ वा
२. विवादका दुवै पक्षहरूले मञ्जुर गरेमा मेलमिलाप, मध्यस्थता एवं तथ्य निरोपण कारबाहीहरूको प्रशासनको लागि अतिरिक्त सुविधासमक्ष,
३. देहायका फेरबदलका अधीनमा रही अन्तर्राष्ट्रिय व्यापार कानुनको लागि संयुक्त राष्ट्रसंघीय आयोगको मध्यस्थता नियमावली, १९७६ अनुसार विवादको कुनै एक पक्षद्वारा कुनै अस्थायी मध्यस्थ न्यायाधिकरणसमक्ष ः
(क) नियमावलीको धारा ७ अन्तर्गत नियुक्त गर्ने अधिकारी कुनै पनि संविदाकारी पक्षको नागरिक नभएको अन्तर्राष्ट्रिय न्यायालयको अध्यक्ष, उपाध्यक्ष वा त्यसपछिको वरिष्ठ न्यायाधीश हुनेछ । तेस्रो मध्यस्थकर्ता कुनै पनि संविदाकारी पक्षको नागरिक हुने छैन ।
(ख) पक्षहरूले आआफ्ना मध्यस्थक ्ताहरूक नियुक्ति दुई महिनाभित्र गर्नेछन् ।
(ग) यस सम्झौताका व्यवस्थाहरूअनु