Khokchilipa-bookCover.jpg

Posted on Aug. 21st


1 responses to ( Khokchilipa-bookCover.jpg )

  1. daya Says:

    Book "खोक्चिलिपा"


    निराजन बतासको कृति खोक्चिलिपा बारे:-

    निराजन बतास-यस कृतिले विगतमा विरलै हुने गरेको किराँती लोकसाहित्य अध्ययन र अभिलेखीकरण परम्परालाई समावेशी बनाउने प्रयत्न गरेको छ । यर्सथ, विगतको शाहकालीन राजनीतिमा ओल्लो, माझ र पल्लो किराँत भनी विभाजित गरिएको तीन किराँत क्षेत्रहरुमा बसोबास गर्दै आएका किराती जातिको सृष्टि, आदिम मानव समाज तथा इतिहासलाई यस कृतिमा लिपिबद्ध गरिएको छ । मूलत अलिखित भएरै इतिहास नभई मिथक बन्न गएका प्राचीन लोकाख्यानलाई पहिलोपल्ट लोककथाभन्दा फरक तरिकाले ‘मिथक’को रुपमा कारणसहित ब्याखया गरिएको छ । यो पुस्तकमा मिथकहरुलाई विविध किराती समुदायगत समावेशीकरण मात्र गरिएको होइन कि अध्ययनको परम्परा, तिनीहरुको वर्गीकरण र विशलेषणसमेत तथ्यगत गरिएको छ तथा सबै किराती भाषाहरुलाई वंशवृक्षरेखामा प्रस्तुत गरिएको छ, तदनुरुप ‘खोक्चिलिपा’ किराती व्यक्तिवाचक नामलाई पनि पुनर्निमाण गर्ने प्रयास गरिएको छ ।

    समुदायको प्रचलित भाषा, साहित्य र संस्कृतिलाई अभिन्न राखी मिथकहरुको संकलन र सम्पादन गरिएकोले तीनआटै किराती क्षेत्रका ऐतिहासिक, मानवशास्त्रीय र समाजशास्त्रीय विशेषता र सम्बन्धलाई राम्ररी बुझ्न सकिन्छ । यी मिथकहरु आदिवासी ज्ञान र सभ्यताको झ्यालको रुपमा हामी र हाम्रा सन्ततिका लागि पुखर्यौली सम्पत्तिका रुपमा आज उप्रान्त रहने नै छन् भन्ने विशवास गरिएको छ ।

    प्रा.डा. चुडामणि बन्धु

    ‘खोक्चिलिपा’ निराजन बतासको मिथक कथाहरूको सङ्कलन हो । यी मिथक कथाहरू नेपालका भोजपुर, खोटाङ, धनकुटा, उदयपुर, सोलुखुम्बु, तेह्रथुम, मोरङ र ओखलढुङ्गाका विभिन्न व्यक्तिहरूबाट लिइएका छन् । निराजनले आफ्नो पुस्तकमा मिथकहरूलाई ६ खण्डमा विभाजित गरेका छन् । यिनमा

    -१) सुम्निमा र पारुहाङको सृष्टिसम्बन्धी मिथक, -२) किराँती चार्डपर्व साकेवा-साकेलाको मिथक, -३) किराँती संस्कार र संस्कृतिको मिथक, -४) सभ्यता विकास सम्बन्धी मिथक, -५) उत्पत्ति सम्बन्धी मिथक, र -६) अनुवंश, स्थाननाम र आचरणसम्बन्धी मिथकहरू । यिनमा सुम्निमा र पारुहाङको मिथक र साकेन्वा-साकेलाको मिथक सृष्टिबारेका मिथक हुन् । यिनमा हामी किराँती संस्कृतिका सृष्टिबारेका धारणा पाउँछौ । यी मिथकहरूमा ठाउँ अनुसारका भिन्नता पनि हामी पाउँछौ र यस्तो हुनु स्वाभाविक नै हो । सङ्कलनमा परेको संस्कार र संस्कृतिका मिथकहरू किराँती जातिका जीवन संस्कार तथा धार्मिक अनुष्ठानसँग सम्बन्धित छन् । यिनले जातीय व्यवहार र विधि निषेधका कुरा गर्छन् । नदी, पोखरी, पहाड र प्राकृतिक वस्तुहरू विभिन्न ठाउँका नामका साथै छोकुभेन औतारी तथा बुढाहाङका किंवदन्तीहरू किराँती संस्कृतिमा आस्थापूर्ण प्राकृतिका रूपमा रहेका छन् ।

    निराजनले यी मिथकहरूलाई किराँत क्षेत्रमा गई त्यहाँका जान्ने-सुन्ने बूढापाकाहरूबाट सङ्कलन गरेका हुन् । सङ्कलनपछि विभिन्न व्यक्तिहरूसँग सर्म्पर्क राखेर सोधपुछ गरी पुनर्लेखन गरिएको छ । निश्चय नै यो निराजनको किराँती मिथक कथाहरूको प्रारम्भिक वर्गीकरण हो । पछिका अध्ययनमा थप विश्लेषण र वर्गीकरण हुदै जानेछन् । यी मिथक कथाहरू वि.सं. २०६२-६६ का अवधिमा विभिन्न व्यक्तिबाट लिइएको छ, यिनको पुनर्लेखन र प्रस्तुतिमा एकरूपता स्थापित गर्ने प्रयास गरिएको छ । यसले निराजनको भाषिक दक्षता र सम्पादन क्षमता देखाउँछ । मलाई आशा छ, नेपली पाठक समुदायबाट निराजनका यी कथाको स्वागत हुनेछ र उनलाई यस विषयमा अझ गहिरिएर अध्ययन गर्न प्रेरणा मिल्नेछ ।

    प्रा.डा. नोवलकिशोर राई

    सङ्कलकले निकै लामो समय खर्चेर अनेक ठाउँहरूमा पुगेर, खोजेर, छानेर, सोधेर, सुनेर बटुलेका यति महत्त्वपूर्ण सामग्रीहरूमा आफ्नो मन्तव्य दिने कुनै औकात’ ममा छैन भन्ने लागेको छ । एउटै मात्र मेरो औकात’ भनेको म किराँती हुँ । यसमा संकलित प्रायः जसो मिथकहरू -लोककथाहरू -) किराँत परम्पराका छन् र धेरै जसो मैले पनि आफ्ना परिवेश र पुर्खाहरूबाट सुन्दै आएको हुँ । आजको वैज्ञानिक युगमा लोकसाहित्य र मिथक परम्परा निकै अगाडि बढिसकेको र राम्ररी अभिलेखन गरिएको भए तापनि नेपालमा यो काम अति न्यून रूपमा भएको छ । त्यसकारण निराजन भाइले आफ्नो किराँती परम्परा र आफ्नै घर आँगनमा छरिएर रहेको बहुमूल्य सामग्री बटुलेर हामीलाई उपलब्ध गराएकोमा भाइलाई धन्यवाद दिनैपर्छ र कृतज्ञता पनि जनाउनुपर्छ । यो काम ज्ञान, सीप र जाँगरको संयुक्त उपलब्धि पो हो† सबैले गर्न सक्ने र आँट्न सक्ने काम भने पटक्कै होइन ।

    यो सङ्कलनले नेपाली समाजमा एउटा तरङ्ग फैलाउने छ भन्ने कुरामा म विश्वस्त छु । पहिलो कुरा यो सङ्कलन महत्त्वपर्ूण्ा र चाखलाग्दो छ । दोश्रो यसको प्राक्कथनले परम्परागत सोचाइमा फरक-फरक किसिमले सोच्न बाध्य पारेको पनि देखेको छु । निराजनले लोककथा र मिथकमा फरक देखाएर आफ्नो प्राक्कथन सुरु गरेका छन् । यसैले सङ्कलक निराजन बतास सुनेर’ लेख्ने’ मात्र नभएर सैद्धान्तिक आधारमा विश्लेषण गर्ने व्यक्ति पनि हुन् भनेर ठूलो प्रमाण दिएका छन् । उनले थालेको वैज्ञानि /सैद्धान तिक छलफललाई पलेँटी कसेर छलफल गर्नु’ आजको आवश्यकता पनि हो भन्ने मलाई लागेको छ ।

    निराजन भाइले बटुलेका मिथकहरू -कथाहरू) मैले आफ्नै स्वजनहरूबाट पटक-पटक सुन्दा मेरा आँखा रसाएका छन् र मेरो मुटु दुखेको छ । म रुँदारुँदै हाँसेको पनि छु अनि हाँस्दै रोएको पनि छु । मैले आफ्नै दुइ नाना’हरूमा टाङवामा र खियामा’को प्रतिबिम्ब पाएको छु र म पटक-पटक हेच्छाकुप्पा’ भएको छु । मेरो गाउँमाथिको एप्मा भर’ मा अनेक पुर्खाहरूको संसार देखेको छु । गडेरे खोलाको छाबुक्ला’मा नानीहरूको रुवाइ पनि सुनेको छु । मंगरे भीरमा खरुकी काट्दा तल-तल नुवा’ खोलामा टल्केको पानीमा चाअ्वामाङ -पानी देवता) को उज्यालो मुहार देखेको छु । हेच्छाकुप्पाले देखाएको भकिम्लो’ मात्र सम्झदा मेरो मुख पनि रसाएको छ । यी मिथकहरूमा मेरो संस्कृति परम्परा र जीवन्त प्रचलनहरूको आधार पाएको छु र मेरो अलिखित इतिहासको जरो पाएको छु ।

    आफूले गरेको कामको प्रसङ्गमा आफूभन्दा अघिको व्यक्तिहरूको काम समेत खोजेर हेरेर तिनका ब्याख्या-विश्लेषण गरिएको निराजन बतासको काम सराहनीय छ र आफ्ना श्रोत व्यक्तिहरूको उल्लेख गरेर इमान्दारीपन पनि प्रमाणित गरेका छन् -धेरैले यसो गर्दैनन्) । यो सङ्ग्रह एउटा मानव सभ्यता र परम्पराको स्रोत-सामग्री हुने नै छ भन्ने मेरो ठम्याइ छ र गोरेटो कुनै दिन राजमार्ग हुनेछ भनी म निराजन भाइलाई स्याबास मात्र भनेर आफ्नो अभिभारा पूरा गरेको भनी ठान्छु ।

    ८ लाल-श्याँकारेलु रापचा

    युवा साहित्यकार तथा शिक्षार्थी -किर्तिपुर, त्रिवि) निराजन बतासकृत (सङ्कलन-सम्पादन) खोक्चिलिपाः किराँती मिथकहरूको संगालो -यलम्बा थोचे/दोङ/तङ्बे ५०७०, स. २०६७र्,र् इ. २०१०) कृति किराँतविज्ञान अध्ययन संस्थान –Research Institute for Kirãtology छोटकरी RIK), काठमाडौँको चौथो प्रकाशन शृङ्खला हो । मूलतः यस प्रकाशन शृङ्खलाले नेपाल राष्ट्र तथा नागरिक साथै विश्व मानवसभ्यताको लागि तीन क्षेत्रमा केही योगदान पुर्याउला भन्ने आशा छ ।

    र्सवप्रथम त यस कृतिमा नेपाली भाषा माध्यम प्रयोग भएकाले इण्डो-आर्यन परिवारको नेपाली साहित्यसागरमा एक थोपो थपियो विशेष गरेर लोकआख्यान साहित्य क्षेत्रमा । आज गुरु प्रा.डा. नोवलहरूले जस्तो हेच्छाकुप्पालाई आत्मसात् र अनुभूत गरी भक्कानिने नेपाली नागरिक किराँतीजनहरूमा कमी आउँदैछ । स्वजनहरूबाट पनि यी आख्यानहरू अचेल सुनिने क्रम कमी हुँदै गएको महसुस गरिएकोले आँखा रसाउने र मुटु दुख्ने क्रमले अर्कै रूप लिन थाल्दैछ । साथै रुँदारुँदै हाँस्ने अनि हाँस्दा हाँस्दै रुने नाना -दिदी)हरू टाङवामा र खियामाको निछो -भाइ) हेच्छाकुप्पाहरू समकालीन परिवेशमा सुदूर-पर्ूव, मध्य-पर्ूव, पश्चिमा औ युरोपतिरको म्याक्डोनल्ड संसारतिर विस्थापित हुने क्रम बढ्दो छ । र स्वभाविकै रूपले पनि हामीलाई र हाम्रो एकांकीपनलाई आज विज्ञान तथा प्रविधिले लछार्दै विश्वभूमण्डलीय गाउँको भँगालोमा मिसाइ रहेछ । गल्लाबाट ननिफनिएका हेच्छाकु ्पाहरूल “अरुका अरगाँसे पटका” खेलाउने क्रमले पनि २०० बर्षपूरा गर्न लाग्दैछ । सो क्रमभङ्ग हुनु त परै जावोस् बरु जरैसहित उखेलिएर त्यतै विस्थापित हुँदैछन् हेच्छाकुप्पाहरू । यो मानेमा नेपाली साहित्यसागरमा एक थोपो थपिएको छ किनभने नेपाली समाजको विभिन्न बहुल पाटाहरूमध्येको किराँती अनुवांशिक, सांस्कृतिक तथा सामाजिक, ऐतिहासिक र उत्पत्ति चिन्तनको मिथकीय पाटो अभिलेखीकरण भएको छ यस कृतिमा । यी आख्यानहरू हाम्रा पर्ुखाहरूले हामीलाई सुनाउदै आएका हाम्रो चिनारीको नासो पनि हुन् ।

    दोस्रो, गुरु प्रा.डा. चूडामणि बन्धूले ँमिथक कथा र खोक्चिलिपा’ भूमिकामा मिथकको विश्लेष्णात्मक, सैद्धान्तिक तथा बौद्धिक पाटोको कुरो उप्काउनु भएझै यस सँगालोमा परेका ५९ मिथकहरूले गल्लाबाट निफनिएका हेच्छाकु ्पाहरूक घोत्ल्याइँलाई ऊर्जा थप्ने काम गर्नेछन् । त्यसको ज्वलन्त उदाहरण भनेका प्रा.डा. करेन एच र्एबर्ट (युरोप) र डा. मार्टिन गेन्सले -युरोप) नै हुन् । उनीहरूले संस्कृत तथा भारतीय अध्ययन विभाग, हार्डभार्ड विश्वविद्यालय, अमेरिकाबाट राई मिथोलोजीः किराँती ओरल टेक्स्टस् -२००८) प्रकाशनमा ल्याएर सो घोत्ल्याइँ अध्यायलाई खुला गरी सकेका छन् । खोक्चिलिप्पाले यही बौद्धिक संसारकै डा. काले दोवालिछा र्-उर्फ स्वामी प्रपन्नाचार्य) लाई पनि प्राचीन किरात पछि अब “अर्वाचीन किराँती” लेख्न हौसाएको छ आगनात्मक (inductive) विधि को प्रयोग गरेर । साथै हाम्रो मूलजरो वइरात -ओइरात)किरात

    -किराँत)किराती -किराँती) यजर्वेद, महाभारत, रामायण, विष्णु-पुराण, किरातार्जुनीय आदिमा मात्रै खोज्ने आर्यपरम्परालाई खोक्चिलिपा ले विनिर्माण गरी दिएको छ । अनुवंशशास्त्रको अध्ययन आधार HLA-A र B Loci Antigens ले पनि हाम्रो मूलजरो आर्यशास्त्र र आर्यपरम्परा होइन भन्ने पुष्टि गर्दछ । भाषाशास्त्रले पनि सोही भन्दछ अलि कम चिनात्मक (Sinospheric) र अलि बढि हिन्दात्मक (Indospheric) विशेषताहरूलाई छोडेर वा जोडेर । डा. काले दोवालिछाले लेखेको र भिराएको किराँतीको परिभाषा “सुनार -सुनेल), क्षेत्रिय र तीनडोरे जनै हो” भन्ने प्रमाण खोक्चिलिपा ले दिदैन ।

    तेश्रो, खोक्चिलिपाले अब उसो मातृभाषा पठनपाठनमा पनि मिथकीय पाठको रूपमा स्थान लिन सक्ने छ । हालसम्म किराँती-कोँइच -सुनुवार, भुजुवार, पृथवार, सुरेल, मुखिया), किराँती-रोदुङ -रोदोङ, चाम्लिङ), किराँती-किरावा -वान्तवा, वान्तावा, वुन्टावा), किराँती-याक्खा -देवान, मझिया, जिमी), किराँती-याक्थुङ -चोङ, लिम्बू, सुब्बा) मा प्राथमिक शिक्षा शुरु भएको र सोही स्तरको शिक्षामा किराँती-राडु -वाम्बुले, जेरुङ), किराँती-बायुङ -बाहिङ, रुम्दाली) र किराँती-कुलुङ भाषाहरू पनि तम्तयार रहेको पर्रि्रेक्ष्यमा खोक्चिलिप्पालाई आ-आफ्नो मातृभाषाहरूमा समावेशी र याड्याप्टेसन -adaptation_ अनुवाद पस्कन सकिने छ । तीन वटा त किरावा मातृभाषामै पनि समावेश गरिएको छ । साथै अङ्ग्रेजी भाषामा पनि अनुवाद गरेर चेली टाङवामा, खियामा र माइतिहेच छाकुप्प को अनुभूतिलाई अन्तराष्ट्रिय घर-समाजसम्म पुर्याउन सकिने छ ।

    यिनै तीन मूलभूत उपादेयतालाई मध्यनजर गरेर रिकले युवा साहित्यकार तथा नवोदित अनुसन्धाता बतासको परिश्रमलाई कदर गर्दै रिकले प्रकाशनमा ल्याएको छ । रिकले आगामी दिनहरूमा पनि आफ्नो उद्देश्य मुताविक बढी भन्दा बढी युवा तथा अग्रज अनुसन्धाताहरूको वौद्धिक खुराकलाई प्रकाशमा ल्याउन काङसोरे प्रयास गर्दै जानेछ ।

    source:
    mulbato.com

Comment
Please Login to comment.
Uploaded by daya
Description: Khokchilipa kirat
In Category: kirati photos
More by same user
More in same category