नेपालको संविधानसभा विघटन षड्यन्त्र दलहरु
Posted on Jun. 1st
Reference: http://ekantipur.com/nep/2069/2/16/full-story/348618.html

नेपालको संविधानसभा विघटन षड्यन्त्र दलहरु: आदिवासी जनजाति
काठमाडौं, जेष्ठ १६ - आदिवासी जनजाति बृहत् संयुक्त मोर्चा, नेपालले संविधानसभा विघटन हुनु षड्यन्त्रको उपज भएको बताएको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै मोर्चाले संविधानसभा विघटन हुनु ६ दशकदेखिको संघर्ष, १० वर्षे जनयुद्ध र ०६२/०६३ को बृहत जनआन्दोलको भावनाको खिलाप रहेको उल्लेख गरेको छ ।
संविधानसभामा जातीय पहिचानसिहतको संघीयताका पक्षमा दुईतिहाइ बहुमत पुगेको अवस्थामा विधि र लोकतन्त्रको कुरा गर्ने दलहरु अत्तालिए वैधानिकबाटो छोडेर चोरबाटो अपनाएको विज्ञप्तिमा छ । मोर्चाले संविधानसभा विघटन गराउने नियोजित षडयन्त्र भएको र त्यसको घोर निन्दा र भर्त्सना गर्दछौं भनेको छ ।
प्रेस विज्ञप्तिको पूर्ण पाठ
२०६९ साल जेठ १४ गते राति नेपालको नयाँ संविधान जारी नगरी नेपाली जनताको प्रतिनिधिहरु रहेको सार्वभौम संविधानसभा हठात् विघटन गरिएको घटनाप्रति हाम्रो गम्भीर रुपमा ध्यानाकर्षण भएको छ । हाम्रो मोर्चाले यो घटनालाई ६ दशकदेखि लोकतन्त्रिक गणतन्त्रका लागि नेपाली जनताको अनवरत संघर्ष, १० वर्षे जनयुद्ध र ०६२।६३ को बृहत् जनआन्दोलनको भावनाको खिलाप यथास्थितिवादी, प्रतिगामी तथा संघीयता विरोधी षडयन्त्रको उपज हो भन्ने ठानेको छ ।
सबैलाई थाहा भएकै कुरा हो, हामी आदिवासी जनजातिहरु लामो समयदेखि जातीय क्षेत्रीय पहिचानसहितको संघीयताको पक्षमा दृढतापूर्वक आन्दोलनमा थियौं । हाम्रो जेठ ७, ८ र ९ गतेको आमहड्ताल (नेपाल बन्द) पछि संघर्षले उत्कर्ष रुप लिएको अवस्था थियो । त्यस वीचमा नेपाल सरकारसँग हामीले ९ बुँदे सम्झौता गरेर हाम्रो मुद्दालाई स्वीकार गर्न राज्यलाई बाध्य पार्यौं भने यस अघि नै संविधानसभा राज्य पुनः संरचना समिति र राज्य पुनःसंरचना आयोगले पहिचानसहितको संघीय संरचनाको निर्माण गर्नुपर्ने सुझाव दिइसकेको थियो । अन्ततः संविधानसभाभित्र समेत जातीय पहिचानसहितको संघीयताको पक्षमा दुइतिहाई मत पुगिसकेको अवस्था थियो । त्यसबाट अत्तालिएर विधि र लोकतन्त्रका कुरा गर्ने ठुला दलका कथित शीर्ष नेताहरुले सहमतिका नाममा संवैधानिक बाटोलाई इन्कार गर्दै चोर बाटोबाट उक्त अभिमतका विरुद्ध षडयन्त्र गरे र विना संविधान अन्ततः १४ गते राति संविधानसभा समेत भंग गरे । अहिले चोखिनलाई जेसुकै भनिए पनि कुन दलको भूमिका के रहृयो, नेपाली जनताले छर्लंग देखेका छन् । एकातिर जातीय पहिचानसहितको संघ निर्माणमा निरन्तर असहमति जनाउने र अर्कोतिर संविधानसभाको बैधानिक प्रक्रियालाई पनि अवलम्बन गर्न नदिने जो हर्कत् गरियो, त्यो अत्यन्त निन्दनीय, खेदजनक र पूर्ण त लोकतन्त्र विरोधी छ । यो मुख्यतः संघीयता हुन नदिने र संविधान बन्न नदिने तथा संविधानसभालाई विघटन गराउने नियोजित षडयन्त्रमा आधारित थियो भन्ने कुरा प्रष्ट भएको छ । यसको हामी घोर निन्दा र भत्र्सर्ना गर्दछौं ।
यस अवस्थामा हाम्रो आन्दोलनलाई उत्कर्षमा पुर्याउनमा सहयोग गर्नु हुने समस्त आदिवासी जनजाति एवं संघीयता र पहिचानका पक्षधर समस्त जनसमुदायमा हामी हार्दिक धन्यवाद ज्ञापन गर्दछौं । साथै, आगामी दिन अझ सशक्त र एकीकृत भएर संघर्षलाई उठाउनुपर्ने तथा पहिचान विरोधी एवं संघीयता विरोधीहरुको पहिचान र भण्डाफोर गर्दै आगामी निर्वाचनको चुनौती समेतलाई स्वीकार गरेर अघि बढ्नुपर्ने स्थिति पैदा भएकाले त्यसका लागि समेत तयार रहन हामी आम जनसमुदायमा हार्दिक अपिल गर्दछौं ।
हस्ताक्षर गर्ने संघसंस्थाहरुः
नेपाल मगर संघ अध्यक्ष, महेन्द्र बहादुर थापा मगर,
थारु कल्याणकारिणी सभा अध्यक्ष, चन्द्र कुमार चौधरी,
नेपाल तामाङ घेदुङ अध्यक्ष, कुमार योन्जन तामाङ,
नेवाः देय दवू अध्यक्ष, नरेश ताम्राकार,
किरात राई यायोक्खा अध्यक्ष, चतुरभक्त राई,
तमू हृयूल छोंज धी गुरुङ राष्ट्रिय परिषद कार्यवाहक अध्यक्ष, कुम्मंराज गुरुङ,
किरात याक्थुङ चुम्लुङ अध्यक्ष, उत्तमसिंह थाङदेन,
नेपाल शेर्पा संघ अध्यक्ष, पेम्वाछिरी शेर्पा
प्रकाशित मिति: २०६९ जेष्ठ १६
ekantipur.com
www.nefin.org.np
3 responses to ( नेपालको संविधानसभा विघटन षड्यन्त्र दलहरु )
downloadable indigenous and nepali political documents
www.nefin.org.np
or
www.nefin.org.np/downloads.php?atsn=4444
नेपालको ३ राजनैतीक दल हरु खस र बाहुन हरुले राज गरेको छ जस्ले गर्दा नेपालको आदिबासी जन्जाती र किराती हरु लाई हक-अधिकार दिनु र सामान नागरिक र आर्थिक उन्नतिको अधिकार दिनु कुनै हालतले पनि खस र बाहुन हरुबाट सम्भव छैन।
तय्सैले नेपालको जन्जती र किराती हरुले यो कुरा तुरुन्तै भुझनु अतिनै आवसयक छ। होइन भने नेपाली जन्जती र किराती हरु अझै छेत्री र बाहुन को दास बननेछ सधैंलाई।
Why prime-minister dissolved "Constitution Assembly"?
Constitution Assembly mainly responsible to make new Nepali constitution. but all Nepali political parties like Nepali congress party, UML communist party, Maoist communist party where lead by all either chetri or bahuns, they opposed to
(1) democratic Rights,
(2) Special indigenous rights,
(3) Rights for Reservation and inclusion,
(4) Federal States with indigenous identity.
So chettris-bahun people and leaders do not want to give right to Nepali indigenous people of Nepal, that was the key issues and problem for these chettris-bahuns leaders therefore they played game and cheated to indigenous people until last minute of constitution night. They did not release or announce new constitution but dissolved Constitution Assembly, so they can have more buying time (play or cheating time), so these chettris-bahuns can create or apply another trick/dirty game to cheat indigenous people in again in next time.
This cheating dirty claver tactics or idea of "Dissolving Constitution Assembly" was not only by Baburam Bhattari or Unified Communist Party Maoist. It was direct ACT with unified idea of a whole Nepali political party lead by Chettris-Bahuns and their Chettris-Bahuns leaders.
Therefore all indigenous people must unite and work together to distory these Nepal elite groups or people those who have undemocratic, corrupt and evil mentality-behaviour toward Nepali indigenous people of Nepal.
"If indigenous people wants to get indigenous Rights, Freedom, social betterment in Nepal, Indigenous people must WIN BY NEPALI POLITICS, There is no other option and solution for indigenous people of Nepal."