Ex-King Gyanendra says seven parties had agreed to retain monarchy and he is willing to be king of Nepal

Posted on Jul. 11th


2 responses to ( Ex-King Gyanendra says seven parties had agreed to retain monarchy and he is willing to be king of Nepal )

  1. Anita Says:

    Ex-King Gyanendra says seven parties had agreed to retain monarchy and he is willing to be king of Nepal.


    If above video does not play, click below web link to play online....


    www.youtube.com

    or


    www.youtube.com/watch?v=4bFdF0pXync

  2. Sangita Says:

    "पूर्व राजालाई धर्म कर्ममै सिमित रहन चेतावनी"


    दाङ, असार २८ - पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले पूर्व राजा ज्ञानेन्द्र शाहलाई धर्म कर्ममा सिमित रहन चेतावनी दिएका छन् ।

    प्रेस चौतारीले बिहीबार घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेपालले भने 'ज्ञानेन्द्र शाहले राजनीतिक कुरा गर्नुभन्दा धार्मिक कर्म गर्नु नै उपयुक्त हुनेछ ।'

    उनले स्वर्गद्वारी मन्दिर या अन्य कुनै धार्मिक स्थलहरुमा पुगेर ध्यान गरी बस्न शाहलाई सुझाव दिए । उनले हुँदै नभएको सहमतिको प्रचार गरेर ज्ञानेन्द्रले गल्ती गरिरहेको उल्लेख गर्दै प्रमाण भएमा देखाउन चुनौति दिए । उनल राजनीति गर्ने मन भए पार्टी खोलेर आउन पनि शाहलाई चुनौति दिए ।

    उनले प्रधानमन्त्री बाबुराम भट्टराइले समयमै राजीनामा नदिएमा उनको हालत पनि पूर्व राजाको जस्तै हुने चेतावनी दिए । प्रधानमन्त्रीले राजीनामा नदिएसम्म बजेट आउन नदिने उनको भनाई थियो ।

    प्रधानमन्त्रीले राजीनामा नदिए देशव्यापीरुपमा आन्दोलन गर्ने उनले जनाए । एमालेको राप्ती अञ्चल स्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन आएका नेपालले आन्दोलनकै लागि कार्यकर्तालाई निर्देशित गर्न प्रशिक्षण चलाइएको बताए । प्रशिक्षण दिन बरिष्ठ नेता नेपालसहित एमाले केन्द्रीय सचिवहरु युवराज ज्ञवाली, शंकर पोखरेल र केन्द्रीय सदस्य जगन्नाथ खतिवडा आएका छन् ।

    प्रकाशित मिति: २०६९ असार २८

Comment
Please Login to comment.
Uploaded by Anita
Description: Ex-King Gyanendra says seven parties had agreed to retain monarchy and he is willing to be king of Nepal
In Category: kirati
More by same user
More in same category